डढेलोप्रति सहनाभूती जनाउदै अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको उदघाटन

डढेलोप्रति सहनाभूती जनाउदै अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको उदघाटन, पर्यटनमन्त्रीको स्पष्टीकरण: कार्यक्रम रोकिएको छैन |
नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा उद्घाटन भएको छ । सिड्नीको सर्कुलर क्यवेबाट भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।
कार्यक्रमको सुरुमै सहभागीहरुले डढेलोमा ज्यान गुमाएका अष्ट्रेलियनहरु प्रति सहानुभूती जनाउदै एक मिनेट मौन धारण गरेका थिए ।
त्यस्तै ब्रिजवेनमा पनि भिजिट नेपालको उद्घाटन गरिएको छ । गैरआवासिय नेपाली संघ कुइन्सल्याण्ड र नेपाल पर्यटन बोर्डको सहकार्यमा उद्घाटन गरिएको हो ।

भ्रमण वर्ष २०२०को प्रचारका लागि अष्ट्रेलिया पुगेका पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेश भट्टराईले ‘अष्ट्रेलिया सरकारले प्रचारका कार्यक्रम रोकेको’ भन्ने हल्ला निराधार भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा न्यु साउथ वेल्सस्टेटका सभामुखसहितकाे उपस्थितिमा कार्यक्रम आयोजना गरिएको स्पष्ट पारेका छन्।





Facebook Comments